महोत्तरी / अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर –१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् ।
उनीहरूले महोत्तरीको जलेश्वर नगरपालिका –१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने गरेकाे प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
बिष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सिमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ ।