झापा / धनकुटामा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्कका स्थानीय २९ वर्षीय लक्ष्मण लिम्बू रहेको प्रहरीले जनाएको छ ।
छिमेकीको बिजुली अवरुद्ध भएपछि बनाउने क्रममा लिम्बूलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले बताएको छ ।