बिर्तामोड / झापाको कमल गाउपालिका - ४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक- ९ का ३६ वर्षीय दीपक नेपाल रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ४ चुलाचुली मोडमा बुधबार ट्रकको ठक्करबाट घाईते भएका नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो । ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नेपाल दमकमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी हुन् ।