झापा / पानी परेपछि घर भत्किँदा च्यापिएर कञ्चनपुरमा घर भत्किँदा ४  महिने बालिकाको मृत्यु भएको छ , भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा बेदकोट नगरपालिका–५ पोखरीकी करिश्मा खुना रहेकी छिन् । घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् ।

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । घाइते भएका दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

OM Sai Pathibhara Hospital