काठमाडौँ / सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने भएको छ ।
सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउन र बनोट हेरफेर गर्न स्वीकृति दिएको हो ।
त्यस्तै बैठकले उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेसनहरूमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।
सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०८९ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने र मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रसारण लाइनको लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
त्यस्तै बैठकले कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
बैठकले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा धनुषाका शीतल शाहुलाई नियुक्त गर्ने निर्णय गरेको छ भने श्रेणीविहीन स्थायी कार्यलय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ ।