बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका साँढे ५ बजे अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका बिराटनगर- ६ का ४० वर्षीय  नारायण महत्तोलाई  चेकजाँच  गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

OM Sai Pathibhara Hospital

लागूऔषध सहित पक्राउ परेका महतोको बयानको आधारमा लागूऔषध ओसार पसारमा सप्तरी हनुमाननगर- ९ घर भई विराटनगर- ११ बस्ने २५ वर्षीय सुमन कुमार रायको समेत संलग्नता रहेको खुले सँगै रायलाई सोही स्थानबाट  स ३ प ५१८४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिइएको यो ।

यसरी ब्राउनसुगर सहित पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।