बिर्तामोड / आज असार १५ देशभर विभिन्न कार्यक्रमका साथ १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ । झापाको बुद्धशान्ति गाउँपालिका  गाउँपालिका  अध्यक्ष र उपाध्यक्ष सहितको टोली धान रोप्न कृषकको खेतमा पुगेको छ । गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यता धान रोपेर धान दिवस मनाइएको हो । May be an image of 3 people, people standing, horse and outdoors

मिलनसार कृषक समुह बुद्धशान्ति -३ र कृषि विकास शाखा बुद्धशान्तिले आयोजना गरेको कार्यक्रममा गाउँपालिकामा उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो । स्थानीय पार्वता बजगाईंको खेतमा धान रोपेर दिवस मनाइएको थियो । कार्यक्रममा ७ जना कृषक र १ जना आइ पि एम कृषक सहजकर्ता ,१ जना महिला उद्यमी कृषक र १ जना मूल उत्कृष्ट कृषक समुह गरि १० जनालाई सम्मान गरिएको थियो । बुद्धशान्ति हाल २१०० हेक्टर खेती योग्य जमिन रहेको छ ।May be an image of 4 people, tree and outdoors

OM Sai Pathibhara Hospital

बुद्धशान्तिका कृषकहरूले विशेष गरि रञ्जित , बासमती र बहुगुणी जातका धानका विउहरु लगाउने गरेको कृषि प्राविधिक कृष्ण ढुङ्गेलले बताए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले कृषकलाई आधुनिक खेती गर्न प्रोत्साहन गरेका छन् । कार्यक्रममा कृषि शाखा प्रमुख अर्जुन पौडेल , कृषक मूल समुहका प्रतिनिधिहरू, कार्यपालिका सदस्यहरू ,पत्रकार रोशन भट्टराई , ज्ञानु भट्टराई ,  नारायण अर्याल ,दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेललगायतको उपस्थिति रहेको थियो ।