काठमाडौँ / लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको छ ।
सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन, माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्न प्रतिबन्ध लगाएको छ ।
नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ । साथै, सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ।
पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोशी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।