बिर्तामोड / मोरङको सुन्दर हरैँचा नगरपालिका- ६ गछिया खोलाको बाढीमा एक जना पुरुषको शव फेला परेको छ ।

 खोलाले मंगलबार बगाएर ल्याएको शव ५८ वर्षीय रामबहादुर विकको रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
सोमबार बेलुकादेखि हराइरहेका विकलाई मंगलबार बिहान स्थानीयहरुले बाढीमा मृत फेला पारेका हुन् । सोमबार रातिको पानीको कारण झापा, सुनसरी र मोरङका विभिन्न स्थानमा बाढी आउनुका साथै बस्ती तथा घर डुबानमा परेका छन् ।