बिर्तामोड  / गएरातिदेखि परेको अविरल वर्षाका कारण झापाको कनकाई नदीमा आएको बाढीले कम्तीमा एक सय घर डुबानमा परेका छन् ।

कनकाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलालका अनुसार बाढीको भंगालो इलाका प्रहरी कार्यालय शिवगन्ज पूर्वको मानव बस्तीमा पसेपछि एक सयभन्दा बढी घर डुबानमा परेका हुन् । 

OM Sai Pathibhara Hospital

उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको वडा अध्यक्ष खुलालले बताए ।

जिल्लाको मेची, निन्दा, बिरङ्ग, कनकाई, रतुवा लगायतका ठूला नदीमा पानीको सतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले पनि ठूला तथा साना नदीमा एक्कासि बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो ७ घण्टामा झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा भएको र अझ थप वर्षा हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।