बिर्तामोड / झापाको बिर्तामोडमा रहेको बिर्तासिटी हस्पिटलका एक पुरुष कर्मचारी कोठामा मृत फेला परेका छन् । गौरादह नगरपालिका -३ का ५१ वर्षीय डिल्लीराम बाँस्तोला आज बिहान मृत  भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।

अस्पतालमा ट्रली ब्वाइको रुपमा काम गर्दै आएका बाँस्तोला ड्युटी समयमा नउठेपछि गएर हेर्दा उनी मृत फेला परेको थिए । घटनाको कानुनी प्रक्रिया पूरा शवलाई गरि पोस्टमार्टमका लागी मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।