एजेन्सी / अविरल वर्षापछि गएको पहिरोमा पुरिएर  सिक्किममा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय डोल्मा शेर्पा र एउटा १० र अर्को ७  वर्षको छोरा रहेको जनाइएको छ ।

राजधानी गान्तोकदेखि  माथि रहेको दोकान डाँडामा सोमबार राति १ : १५ मा पहिरो गएको हो ।
गान्तोकका महकुमा अधिकारी रविन सेवा आफ्नो टिमसँग तत्कालै घटनास्थल पुगी उद्धार एवं खोजी कार्यमा जुटेका थिए ।
मृतकहरूको शव पोस्टमार्टमका लागि पठाएको छ ।