काठमाडौं  / वर्षाका कारण आन्तरिक तर्फको चार गन्तव्यमा उडान प्रभावित भएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पोखरा, लुक्ला, सुर्खेत, तुम्लिङटार लगायत गन्तव्यका उडान प्रभावित भएको हो।

OM Sai Pathibhara Hospital

मंगलबार विहानै देखि प्रभावित विराटनगर, भैरहवा तर्फको उडान भने खुल्ने क्रममा रहेको विमानस्थल कार्यालयले जनाएको छ।

मंगलबार बुद्ध, यती, श्री, सौर्य, गुण, सीता, समिट, तारा लगायत वायुसेवा कम्पनीको कुल एक सय २८ वटा उडान तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ।

यस अघि विभिन्न वायुसेवा कम्पनीको दैनिक एक सय ३५ वटा उडान हुँदै आएको थियो। नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवा कम्पनीको क्षमता अनुसार उपत्यका बाहिर बेस राख्न निर्देशन दिएपछि यहाँबाट हुने उडान संख्या घटेको हो।