झापा / डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी दिउसै लुटिएका छन् । धनगढीको भीम दत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा उनलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको हो ।

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । ‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौँ भने,’ भण्डारीले भने, ‘गाडी रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुङ्गाले हानेर गाडी उतै फर्काएर लगे ।’

OM Sai Pathibhara Hospital

हात पछाडि बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।