झापा / उदयपुरमा १४ वर्षीया बालिका सामूहिक बलात्कार भएको छ  । बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका- ६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेल रहेका छन् ।  

गत जेठ २७ गते राति ती बालिकालाई रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले रम्तेललाई आइतबार साँझ पक्राउ गरेको हो । हाल फरार देवराजको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।