ललितपुर / ललितपुर महानगरपालिकाले आइतबारदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाएको छ । हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको हो । 

पानीपुरीका लागि प्रयोग हुने पानीमा हैजाको जीवाणु भेटिएको भन्दै पानीपुरी बेच्न प्रतिबन्ध लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

कसैले ठेलामा पानीपुरी र चटपटे बिक्री गरे कारबाही गरिने हाछेथुले बताए । पसलमा भने पानी शुद्धीकरण गरेर मात्रै बिक्री गर्न दिइने उनको भनाइ छ ।

काठमाडौँमा हैजाका बिरामी देखा परेपछि ललितपुर महानगरपालिकाले पनि सतर्कता अपनाएको हो ।