बिर्तामोड / धनकुटा नगरपालिका -६ मा रहेको एग्रो टुरिजम एण्ड फन भ्याली प्रा.लि. को क्षेत्र भित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिल बहादुर राईको १४ वर्षीय छोरा उदय राई र धनकुटा नगरपालिका- ५ का विजय राईको १५ वर्षीय छोरा सोनिम राई रहेको प्रहरीले जनाएको छ ।

शनिवार दिउँसो उक्त पोखरीमा पौडी खेल्न गएका बालकहरू डुबेर घाईते भएका थिए । घाईते भएका दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।