बिर्तामोडइलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा ज्येष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

इटहरी -४ गोपाल टोलमा अवैध हात हतियार देखाई स्थानियवासीहरुलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिबन्धित लागूऔषध सहित पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ज्येष्ठ महिनाको “महिनाको सर्वोत्कृष्ट प्रहरी”  घोषणा गरेको हो ।

OM Sai Pathibhara Hospital

पुरस्कृत भएका ओझाले विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुका साथै चोरी, कर्तव्य ज्यान लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याई नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार विनोद ओझालाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल ज्येष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी”  घोषणा गरिएको हो ।    

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय क स्तरसम्ममा प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिदै आईएको छ ।