काठमाडौँ / प्रधानसेनापति प्रभुराम शर्मा लेवनानतर्फ प्रस्थान गरेका छन् । 

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरू एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ शर्मा शनिबार लेवनानतर्फ प्रस्थान गरेका हुन् ।

OM Sai Pathibhara Hospital

रक्षा सचिव सहित सात सदस्यीय भ्रमण दलको नेतृत्व गरी प्रधान सेनापति शर्मा लेवनान तर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।

प्रधान सेनापति शर्मा लगायतको भ्रमण दलले असार १० गतेसम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानयुनिफिल मिसन र त्यसपछी सिरियास्थित अनडफ मिसनको निरीक्षण भ्रमण गर्ने र उक्त मिशनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि र फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने कार्यक्रम छ ।

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरिया, युनिफिलअनडफ मिसनका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नेछन् ।

प्रधान सेनापति शर्मा त्यहीबाट संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गते देखि १७ गतेसम्म ५ सदस्यीय भ्रमणदलका साथ अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम  समेत रहेको छ ।

प्रधानसेनापति शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् । शर्मा लगायतको भ्रमणदल असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।