बिर्तामोड / भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका –६ का ३० वर्षीय विजय श्रेष्ठ रहेका छन् । 

बिहीबार रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडी तर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

घटनालगत्तै पानीट्याङ्कीस्थित भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा मृत्युबारे जानकारी गराएको थियो । मृतकको शव सोही चौकीमा राखिएको छ । परीक्षण पश्चात शव आज नेपाल ल्याइने प्रहरीले जनाएको छ ।