बिर्तामोड / उदयपुर र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नैमा चौदण्डीगढी- ६ बेल्टारका २९  वर्षीय अनिष काफ्ले , २५ वर्षीय कालु राई , भारत अररिया सोनामनीका  कन्हैया कुमार ठाकुर र बिकाश ठाकुर रहेको प्रहरीले जनाएको छ । 

बिहीबार बेलुका साढे ७ बजे चौदण्डीगढी नगरपालिका- ६ रातमाटे स्थितमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०५-००१ प १४०७ नम्बरको  मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका काफ्ले र २५ वर्षीय राईको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुलडाईजेपाम २९ एम्पुल बरामद गरेको हो । 

OM Sai Pathibhara Hospital

यसै गरी  मोरङको विराटनगर महानगरपालि- १७ मटेरुवा स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आँउदै गरेको बि आर ३८ भी ३२५१ नम्बरको  मोटरसाइकलमा सवार रहेका कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।