बिर्तामोड / झापाको मेचीनगर नगरपालिका –१४ को वडा अध्यक्षमा माओवादी केन्द्रका बाबुलाल सुब्बा निर्वाचित भएका छन् । 

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका शङ्कर पोखरेललाई ११७ मतान्तरले पछि पार्दै सुब्बा वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

माओवादीका सुब्बाले एक हजार ३८१ मत पाएका छन् भने एमालेका पोखरेलले एक हजार २६४ मत ल्याएका छन् । पोखरेल सोही वडाका निवर्तमान वडा अध्यक्ष समेत हुन । 

त्यस्तै वडा सदस्यमा गठबन्धनबाट कांग्रेसका दीपक सुवेदी, एमालेकी फुलकुमारी राजवंशी, लाल महम्मद मिया र विमला मिया निर्वाचित भएका छन् । 

मेचीनगर –१४ मा जम्मा तीन हजार २६१ मत खसेको थियो भने ३६१ मत बदर भएको थियो ।