भद्रपुर / झापाको भद्रपुर नगरपालिकाको वडा नम्बर –९ मा पनि नेकपा एमालेको प्यानल नै विजयी भएको छ । 

निकटतम प्रतिस्पर्धी राप्रपाका ज्ञान बहादुर राईलाई २२७ मतान्तरले पराजित गर्दै भद्रपुर –९ को वडा अध्यक्षमा एमालेका रामप्रसाद दाहाल  निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

दाहालले एक हजार २६४ मत ल्याउँदा राईले १०३७ मत ल्याएका छन् भने गठबन्धनबाट एकीकृत समाजवादीका जङ्ग बहादुर रसाइलीले ७३६ मत ल्याएका छन् । दाहाल निवर्तमान वडा सदस्य समेत हुन् ।

त्यस्तै वडा सदस्यहरूमा एमालेका प्रकाश राजवंशी, मञ्जु दाहाल (पोखरेल), मन्‍जु खड्का र शर्मिला दमाई मत ल्याएर निर्वाचित भएका छन् । 

एमाले यसअघि भद्रपुरको वडा नम्बर –१ मा प्यानलसहित विजयी भएको छ भने केही वडामा सदस्यहरू जितेको छ ।