रौतहट / माधव कुमार नेपालको गृहनगर रौतहटको सदरमुकाम गौरको मेयर र उपमेयर उनकै पार्टी नेकपा एकीकृत समाजवादीले जितेको छ । 

पूर्व मेयर तथा लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई दोब्बर मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन्।

OM Sai Pathibhara Hospital

साहले ६३८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३७५५ मत प्राप्त गरेका छन् । 

यसैगरी उपमेयरमा पनि समाजवादीकै शैलकुमारी साहल ४८०९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गरेकी हुन् ।

९ वटा वडा रहेको गौर नगरपालिकामा ६ वटा वडामा समाजवादीका अध्यक्ष विजयी भएका छन ।