बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –३ को वडा अध्यक्ष पदमा कांग्रेसका सिताराम भट्टराई निर्वाचित भएका छन् । 

एमालेका हरिबहादुर वाग्लेलाई ३०१ मतान्तरले पराजित गर्दै अर्जुनधारा –३ को वडा अध्यक्षमा भट्टराई निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

भट्टराईले एक हजार ७८५ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका वाग्लेले एक हजार ४८४ मत पाएका छन् । 

कांग्रेसले वडाध्यक्ष जिते पनि चार वटै वडा सदस्य भने एमालेले जितेको छ । वडा सदस्यमा एमालेका चन्द्रमाया तामाङ, नारायणप्रसाद चापागाईँ, सुमन कुमारी राई र सिता देवी सार्की विजयी भएका हुन् । 

यसअघि गठबन्धनका तर्फबाट कांग्रेसले अर्जुनधाराको वडा नं १ ,२ र ४ को वडाध्यक्ष जितिसकेको छ ।