सोलुखुम्बु / सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  

नेचासल्यानको गाउँपालिका अध्यक्षमा कांग्रेसका धनराज राई र उपाध्यक्षमा बिना राई निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका धनजन राईले २ हजार ५ सय ५९ मत ल्याएका छन् भने उनका निकटम् प्रतिद्वन्द्वी एमालेका डुफकुमार बाँस्तोलाले २ हजार ३ सय १३ मत ल्याएका थिए । यो पालिकामा माओवादी केन्द्रका उम्मेदवार भुपेन्द्र कट्टेलले १ हजार १ सय १९ मत पाए ।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेस उम्मेदवार बिना राई निर्वाचित भएकी छन् । उनले २ हजार ९ स ६ मत ल्याउँदा एमाले उम्मेदवार सृजना राईले १ हजार ७ सय ८१ मत पाइन् । 

माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उपाध्यक्ष उम्मेदवार बनेका नेकपा (एस) का जिल्ला सचिव डिल्ली राईले ८ सय २७ मत ल्याए । 

५ वटा वडा रहेको नेचासल्यानका वडा १, २ र ४ मा नेपाली कांग्रेस, वडा ३ मा माओवादी केन्द्र र वडा ५ मा एमालेले जितेको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेचासल्यानको अध्यक्ष एमालेले जितेको थियो ।