चितवन / भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायमैराखेकी छन् ।

२७ हजार ४३८ मतगणना हुँदा रेनुले ९ हजार ९७० मत पाएकी छिन् भने एमालेका विजय सुवेदीले ८ हजार २८५ मत पाएका छन् । पछिल्लो परिणाम अनुसार रेनु र विजयको मतान्तर १ हजार ७१२ छ । 

OM Sai Pathibhara Hospital

सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५०४ मत पाएका छन् । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ मतसहित अग्रता कायमै राखेका छन् भने एमालेकी हिमला गुरुङले ६ हजार ७४२ मत पाएकी छन् ।