विराटनगर / मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका हुन् ।

चौधरीले ६ हजार ५६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुभाष कुमार सरदारले ५ हजार ६८२ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका उम्मेदवार किशोरकुमार पाण्डेले ३ हजार ५३७ मत प्राप्त गरे ।

OM Sai Pathibhara Hospital

उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी ५ हजार ८४८ मतसहित विजयी भइन् । कांग्रेस उम्मेदवार मञ्जिता कुमारी सरदारले ५ हजार ७०५ मत प्राप्त गरिन् भने माओवादी केन्द्रकी उम्मेदवार पुजन देवी सरदारले ३ हजार ६६६ मत प्राप्त गरिन् ।

कटहरीका सातमध्ये पाँच वडाध्यक्ष एमालेले जितेको छ । कांग्रेस र जसपाले एक–एक वडा जिते । कटहरी १, २, ५, ६ र ७ नम्बर वडा एमालेले जित्यो । वडा नम्बर ३ नेपाली कांग्रेस र वडा नम्बर ४ मा जसपा उम्मेदवार विजयी भए ।