झापा / वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । हालसम्म ४ सय ३ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

जसअनुसार अहिलेसम्म नेपाली कांग्रेसले १८७ पालिका प्रमुख जितेको छ भने नेकपा एमालेले ११८ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै नेकपा माओवादी केन्द्रले ७६ पालिका प्रमुख जितेको छ । एकीकृत समाजवादीले ५ स्थान र जनता समाजवादी पार्टी (जसपा)ले ५ जित हासिल गरेको छ । 

यसैगरी राष्ट्रिय जनमोर्चाले ५, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले १, स्वतन्त्रले ५ र राप्रपाले २ स्थानमा पालिका प्रमुख जितेको छ ।