भद्रपुर / झापाको भद्रपुर नगरपालिका –८ को वडा अध्यक्षमा गठबन्धनबाट नेपली कांग्रेसका गौरव सुब्बा (मनोज) पुनः निर्वाचित भएका छन् । 

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदिस जोशी ६०७ मतान्तरले पराजित गर्दै कांग्रेसका सुब्बा दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

सुब्बाले एक हजार २२८ मत ल्याउँदा एमालेका जोशीले ६१९ मत मात्र ल्याएका छन् भने राप्रपाका गणेश लिम्बुले २१०, जसपाका डुक्पा राईले ५० र राष्ट्रिय जनमुक्ति पार्टीका महमद असर्फ शेक ५ मत ल्याएका छन् । 

त्यस्तै वडा सदस्यमा कांग्रेसका निमलाल राजवंशी, भगवती बस्नेत, लक्ष्मी परियार र एमालेका तुलाराम राजवंशी निर्वाचित भएका छन् ।