बिर्तामोड  / झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्षमा नेकपा एमालेका नवराज भट्टराई निर्वाचित भएका छन् । 

निकटतम् प्रतिस्पर्धी राप्रपाका अन्जरा आलमलाई ४ हजार ८१० मतान्तरले पराजित गर्दै राजवंशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

राजवंशीले ११ हजार ४७७ मत ल्याएका छन् भने आलमले ६ हजार ६६७ मत ल्याएका छन् । 

त्यस्तै माओवादीका बुद्धिप्रसाद नेपालले ६६४, जनता समाजवादी पार्टीका ज्ञानबहादुर राईले १०९ र लोकतान्त्रिक समाजवादी पार्टीका कर्णलाल राजवंशीले १०१ मत ल्याएका छन् ।
 
त्यसैगरी उपाध्यक्षमा एमालेका भट्टराईले ८ हजार १४३ मत ल्याएका छन् भने उनले प्रतिद्वन्द्वी निम्सरी राजवंशीले  ६ हजार ८०१ मत प्राप्त गरिन् । राजवंशी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् । 

वडाध्यक्षतर्फ वडा नम्बर १ मा कांग्रेसका महावीर लिम्बू , २ मा एमालेका लेखनाथ खत्री, ३ मा कांग्रेसका ग्यास अजमल मिया, ४ मा काँग्रेसका नुरुजजमा मिया, ५ मा काँग्रेसका मोहम्मद नूर आलम , ६ मा काँग्रेस कै चिन्तामणि खरेल र ७ मा पनि काँग्रेसकै भरत राजवंशी निर्वाचित भएका छन् ।

kaaaaaa

त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । अध्यक्ष पदमा एमालेका  देवेन्द्र चम्लागाईँ सात हजार १४८ र उपाध्यक्षमा शान्ता खरेल ६ हजार ६३६ मतका साथ निर्वाचित भएका हुन् ।

अध्यक्षका प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वार खड्कप्रसाद राजवंशीले चार हजार ३६१ मत र उपाध्यक्षका प्रतिस्पर्धी राप्रपाकी कमला राजवंशीले चार हजार १९५ मत पाएकी थिइन् । 

एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा नं. ६ मा प्यानलै जितेको छ । १,२,३, ७ कांग्रेस, ४ स्वतन्त्र र ५ नम्बर वडा राप्रपाले जितेको छ ।