बिर्तामोड / झापाको कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्रकुमार पोखरेल पुनः निर्वाचित भएका छन् ।

OM Sai Pathibhara Hospital

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई दुई हजार १२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई मेयरमा निर्वाचित भएका हुन् । 

पोखरेलले आठ हजार ६७३ मत ल्याएका छन् भने चिमरियाले छ हजार ६६१ मत ल्याएका छन्। 

त्यस्तै, जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले पाँच हजार ६९१ मत, राप्रपाका श्यामसुन्दर ओलीले दुई हजार २०५ र विवेकशील पार्टीका भीम प्रसाद अधिकारी १८४ मत पाएका छन् ।

यस्तै, उपप्रमुख पदमा नेपाली काङ्ग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। सिवाकोटी १० हजार ७१३ मतका साथ निर्वाचित भएकी हुन् । 

उनले निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु प्रसाईँलाई एक हजार ८६८ मतान्तरले पराजित गरेकी हुन्। प्रसाईँले आठ हजार ८४५ मत ल्याएकी छिन्। उनी नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत हुन् । 

त्यस्तै, राप्रपाकी सचित्रा खनाल १६९५, नेकपा एकीकृत समाजवादीकी अम्बिका देवी महत ६२० र विवेकशील साझा पार्टीकी अम्बिका चापागाईँ ११७ मत प्राप्त गरेकी छिन्।

त्यसैगरी वडा अध्यक्षमा कनकाई –१ मा एमालेका सुशील कुमार पोखरेल, २ मा एमालेका बलराम राई, ३ मा एमालेका युवराज चम्लागाई, ४ मा एमालेका रोशन सुवेदी, ५ मा एमालेका कृष्ण बहादुर राई र ६ मा एमालेका दीर्घ बहादुर थापा निर्वाचित भएका छन् । 

यस्तै वडा नम्बर  ७ मा कांग्रेसका भिष्मभुषण सिटौला, ८ मा कांग्रेसका लीला बहादुर कटुवाल र ९ मा एमालेका राजेन्द्र प्रसाद उप्रेती निर्वाचित भएका छन्।