बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् ।

लिङ्देन निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर बहादुर गिरीलाई दुई हजार १९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। 

OM Sai Pathibhara Hospital

 लिङदेन छ हजार ८५६ मत र गिरीले गिरीले चार हजार ६६६ मत पाए भने नेपाली कांग्रेसका उम्मेदवार तुलसी प्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानी प्रसाद दङ्गालले एक हजार १४९ मत ल्याएका छन् ।

लिङदेन राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका भाइ हुन् भने गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा राप्रपाकी लक्ष्मी देवी मैनाली निर्वाचित भएकी छिन् । मैनालीले पाँच हजार ७८ मत ल्याएकी छिन् । 

उनका निकटतम् प्रतिस्पर्धी एमालेका शान्ता देवी गौतमले चार हजार १०६, माओवादी केन्द्रका टिका देवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याएका छन् ।  

त्यस्तै वडातर्फ हल्दिबारी –१ र –४ मा राप्रपाका प्यानल नै विजयी भएको भएको छ । हल्दिबारी –१ को वडा अध्यक्षमा  देवी बहादुर थापा र हल्दीबारी –४ मा सन्त कुमार थापा निर्वाचित भएका छन् । 

यस्तै हल्दिबारी –२ को वडा अध्यक्षमा माओवादी केन्द्रका शुक लाल राजवंशी, हल्दिबारी –३ मा एमालेका विष्णु प्रसाद ओली र हल्दीबारी –५ मा कांग्रेसका खड्ग बहादुर लावती वडा अध्यक्षमा निर्वाचित भएका छन् ।