काठमाडौं / संसदीय सुनवाई समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेको बैठकले चीन र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।