काठमाडौँ / नेकपा एमालेले ९ महिनादेखि गर्दै आएको संसद् अवरोध हटेको छ । मंगलबार बजेट अधिवेशनको पहिलो बैठकमा एमालेले संसदको अवरोध हटाएको हो । 

एमालेले २३ भदौ २०७८ देखि संसद् अवरुद्ध गर्दै आएको थियो । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो। 

OM Sai Pathibhara Hospital

तर, सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै एमालेले संसद् अवरोध जारी राखिरहेको थियो । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग थियो।

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आफूहरूले संसद्मा अवरुद्ध नगर्ने भएपनि आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने बताएका छन् । 

सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । १५ जेठमा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 

विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ ।