बिर्तामोड / नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका हसन अन्सारीमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका छन् । 

केन्द्रीय सदस्य समेत रहेका अन्सारी कै कारण विराटनगर महानगरपालिका–१७ मा काङ्ग्रेसले वडाध्यक्षमा पराजय भोग्नु परेको भन्दै हातपात गरिएको हो । 

OM Sai Pathibhara Hospital

अन्सारीको घर रहेको सो वडामा काँग्रेस उम्मेदवार असमल आलमलाई पराजित गर्दै जसपाका समिर कमर अध्यक्षमा निर्वाचित भएका थिए । 

अघिल्लो निर्वाचनमा जसपाबाट वडाध्यक्षमा निर्वाचित भएका आलम कांग्रेसमा प्रवेश गरि उम्मेदवार बनेका थिए ।

मंगलबार बिहान चुनाबको समीक्षा गर्न अन्सारीकै घरमा बसेको छलफलमा हातपात भएपछि दुबै पक्ष इलाका प्रहरी कार्यालय रानीमा मिलापत्रका पुगेका थिए । 

वडाअध्यक्षमा पराजित आलमले भने अन्सारीमाथि हातपात नभएको बताएका छन् ।