बिर्तामोड / प्रदेश १ का दुई महिला पत्रकार गाउँपालिका उपाध्यक्षमा विजयी भएका छन् । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका पूर्व पत्रकार शान्ता आङबुहाङ र विना राई गाउँपालिका उपाध्यक्षमा विजयी भएका हुन् । 

नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य रहेकी शान्ता आङबुहाङ ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिका उपाध्यक्षमा विजयी भएकी छन् । 

OM Sai Pathibhara Hospital

उनले २ हजार ८ सय १९ मत प्राप्त गरी नेकपा माओवादी केन्द्र प्रजिन हाङवाङलाई हराएकी हुन् ।

त्यसैगरी पत्रकार महासंघ सोलुखुम्बु शाखाको उपाध्यक्षबाट रहेकी विना राई नेचा सल्यान गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । 

कांग्रेसबाट उम्मेदवार बनेकी उनले २ हजार ९ सय ६ मत ल्याएर एमालेकी सिर्जना राईलाई पराजित गरेकी छिन् । 

राजनीतिमा प्रवेश गर्दै दुवै महिला पत्रकारहरूले उम्मेदवार बन्नुअघि पत्रकार महासङ्घको जिम्मेवारीबाट राजिनामा दिएका थिए ।