बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेको अग्रता कायम रहेको छ । 

नगर प्रमुख पदमा एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाईँले सबैभन्दा धेरै ५ हजार ५७ मत प्राप्त गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

महतरालाई गठबन्धनका तर्फबाट कांग्रेसका भोजराज सिटौलाले ४ हजार ३४ प्राप्त गर्दै पछ्याएका छन् भने राप्रपाका ध्रुव कुमार उप्रेतीले १ हजार ७ सय ५० मत प्राप्त गरेका छन् । 

त्यस्तै , उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौला ५ हजार १ सय ७१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । 

संग्रौलालाई पछ्याउँदै गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सीपी कडरियाले २ हजार ५ सय १७ मत प्राप्त गरेका छन् भने राप्रपाकी रञ्जु प्याकुरेलले १ हजार ९ सय ८४ मत प्राप्त गरेकी छिन् ।