पाँचथर / पाँचथरको तुम्बेवा गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का निर्वाचित भएका छन् । 

कांग्रेसका गाउँपालिका सभापतिसमेत रहेका खड्का एमालेका गोविन्दबहादुर तामाङलाई ४ सय ११ मत अन्तरले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

OM Sai Pathibhara Hospital

अध्यक्षमा निर्वाचित खड्काले २ हजार ७ सय १८ मत पाउँदा तामाङले २ हजार ३ सय ११ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर सम्बाहाम्फे निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी एमालेकी नन्दादेवी विश्वकर्मालाई ६ सय ९९ मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् । सम्बाहाम्फेले २ हजार ७ सय ७ मत पाउँदा विश्वकर्माले २ हजार ९ मत पाएकी थिइन् ।

तुम्बेवा गाउँपालिकामा २०७४ सालको स्थानीय निर्वाचनबाट अध्यक्ष पदमा कांग्रेसका होमप्रसाद थापा र उपाध्यक्षमा एमालेका धन साँवा विजयी भएका थिए ।

स्थानीय तह निर्वाचनमा तुम्बेवा गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी)को गठबन्धन थियो ।