बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर –२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका डिल्लीप्रसाद ओली निर्वाचित भएका छन् । 

ओली उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नेत्रप्रसाद गौतमलाई ४७२ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

ओलीले  दुई हजार १८९ मत ल्याएका छन्, भने गौतमले १७१७ मत प्राप्त गरेका छन् । 

त्यस्तै महिला सदस्य तर्फ एमालेका सज्नु पौडेल, दलित महिला सदस्यमा एमालेकै विमला विश्वकर्मा, खुल्ला सदस्यमा एमालेकै अमिर कुमार श्रेष्ठ र अर्का खुल्ला सदस्यमा राप्रपाका विक्रम बोहोरा निर्वाचित भएका छन् ।