बिर्तामोड / झापाको दमकमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गठबन्धनलाई पराजित गर्दै दमक-९ मा एमालेका कुबेरप्रसाद भट्टराई वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।  

भट्टराईले २ हजार १ सय ७२ मत प्राप्त गर्दै काँग्रेस, माओवादी र राप्रपा गठबन्धनबाट माओवादीका उम्मेदवार बनेका नगेन्द्रबहादुर घोर्साइलाई पराजित गरेका हुन् ।

OM Sai Pathibhara Hospital

माओवादीका घोर्साइले १ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् ।  वडा सदस्यमा एमालेका नरेशकुमार सुनुवारले १ हजार ८ सय ५१ , नरेश बन्जराले १ हजार ७ सय ९६ , महिला सदस्यमा लक्ष्मीदेवी बरालले २ हजार १ सय ६१ र दलित महिला सदस्यमा रिना विश्वकर्मा २ हजार १ सय ७ मत ल्याएर निर्वाचित भएका छन् ।