बिर्तामोड / झापा बिर्तामोड वडा नम्बर १० मा हालसम्म २ हजार ३ सय १० मत गणना गर्दा कांग्रेसले अग्रता कायम राखेको छ ।

नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार दुर्योधन गुरुङले १ हजार १ सय ४ मत प्राप्त गर्दा नेकपा एमालेका रिमानध्वज सुब्बाले ८ सय ९३ मत प्राप्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी धनमाया श्रेष्ठले ९ सय ४४ र नेकपा एमालेकी गीता घिमिरेले ८ सय ७६ मत प्राप्त गरेकी छिन् । 

दलित महिला सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार दिपिका सिवाले १ हजार ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीकी पूणिर्मा लाम्गादे (विश्वकर्मा) ले ६ सय ७९ मत प्राप्त गरेकी छिन् ।

वडा सदस्यमा नेपाली कांग्रेसका खुवराज भट्टराईले ८ सय ६० र पञ्चधन राईले ९ सय ३२ मत प्राप्त गरेका छन् । 

नेकपा एमालेका प्रेमबहादुर पौडेलले ५ सय ३८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पृथीबहादुर बस्नेतले ८ सय ९८ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १० मा एमाले र राप्रपाको गठबन्धन हुँदा एमालेले राप्रपालाई दलित महिला सदस्य र एउटा वडा सदस्य दिएको थियो । 

वडा नम्बर १० मा ५ हजार ६ सय ९३ जना जम्मा मतदाता रहेकोमा ४ हजार ६५ मत खसेको छ ।