बिर्तामोड / झापाको हल्दीबारी –३, कनकाई –४ र मेचीनगर –१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । 

हल्दिबारी –३ को वडा अध्यक्षमा एमालेका उम्मेद्वार विष्णुप्रसाद ओलीसहित प्यानल विजयी भएको हो ।

OM Sai Pathibhara Hospital

त्यस्तै वडा सदस्यमा अजितकुमार विष्ट, कर्ण भण्डारी, विष्णुमाया तिम्सिना र शर्मिला विश्वकर्मा विजयी भएका छन् ।

यस्तै कनकाई –४ मा पनि नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका रोशन सुवेदी निर्वाचित भएका हुन् । 

सुवेदीले एक हजार ५६८ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलप्रसाद दाहालले एक हजार ३०६ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा महिला सदस्यमा लक्ष्मी कटुवाल, दलित महिला सदस्यमा मन्दिरा विश्वकर्मा, खुल्ला सदस्यमा मोहनप्रसाद संग्रौला र शेषप्रसाद प्रसाईं विजयी भएका छन् । यसअघि कनकाई वडा नम्बर ५, ६, ७ , ८ र ९ को नतिजा सार्वजनिक भइसकेको छ । 

यसैगरी मेचीनगर –१ को वडा अध्यक्षमा पनि पाँच दलीय गठबन्धनलाई पछि पार्दै नेकपा एमालेको प्यानल नै विजयी भएको छ । 

मेचीनगर –१ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा, खुला सदस्य तर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन् ।