ताप्लेजुङ  / ताप्लेजुङको  फुङलिङ नगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका अमिर मादेन भारी मतले विजयी भएका छन् । मादेनले एमालेका निकटतम प्रतिस्पर्धी एमालेका छत्रपति प्याकुरेललाई २२८७ मतले पछि पार्दै मेयरमा विजयी भएका हुन् ।

मादेनले ६,१७९ मत प्राप्त गरेका छन्भने प्याकुरेलले ३,८९२ मत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हेम कुमार लिम्बूले ४९ मत प्राप्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै उपमेयरमा गठबन्धनलाई पराजित गर्दै एमालेकी भिमा देवी ओझा विजयी भएकी छन् । ओझाले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बम बहादुर भट्टराई (तारा) लाई ४३३ मतले पछि पार्दै विजयी भएकी हुन् । 

ओझाले ४,२७७ मत प्राप्त गर्दा भट्टराईले ३,८४४ मत प्राप्त गरेका छन् ।