बिर्तामोड / झापाको कनकाई नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार १५ हजार १ सय ५४ मत गणना गर्दा नेकपा एमाले अग्रस्थानमा रहेको छ । 

कनकाईको प्रमुख पदमा एमालेका राजेन्द्रकुमार पोखरेलले ४ हजार ८ सय ८२ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

जेब्रा चुनाव चिन्हका शेर बहादुर थापाले ४ हजार १ सय ३८ , कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ३ हजार ३ सय ५१ , राप्रपाका श्यामसुन्दर ओलीले १ हजार १ सय ७१ र तराजु चुनाव चिन्हका भीम प्रसाद अधिकारीले ८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुख पदमा एमालेकी मञ्जु प्रसाईँले ५ हजार १ सय ५७ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी आशा शर्माले ५ हजार ८ सय २३ मत प्राप्त गरेकी छिन् । 

उपप्रमुखमा राप्रपाकी सचित्रा खनाल (चुँडाल) ले १ हजार १२ , समाजवादीकी अम्बिका महत (उप्रेती) ले ४ सय ५६ र विवेकशील साझाकी अम्बिका चापागाइँ (सुवेदी) ले ६८ मत प्राप्त गरेकी छिन् । 

त्यस्तै वडा नम्बर –३ मा २ हजार १ सय २ मतगणना गर्दा अध्यक्ष पदमा एमालेले ६ सय ६२ , कांग्रेसले ४ सय ४९ , राप्रपाले १ सय ८६ , जेब्राको ४ सय ७५ र विवेकशीलले ६४ मत प्राप्त गरेका छन् । 

वडा नम्बर – ४ मा २ हजार २ सय १ मतगणना गर्दा अध्यक्ष पदमा एमालेले ९ सय ६४ , कांग्रेसले ८ सय ४६ , माओवादीले ६१ , तराजुले १८ र राप्रपाले १ सय १३  मत पाएको छ ।

वडा नम्बर –५ मा २ हजार ३ सय ९५ मत गणना गर्दा एमालेले १ हजार १ सय ३२ , कांग्रेसले १ हजार ९ र राप्रपाले ६४ मत प्राप्त गरेको छ ।