बिर्तामोड / हल्दीबारीको अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङदेनले ३२९० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । 

उनलाई एमालेका डम्बर बहादुर गिरीले २ हजार ९७ मत प्राप्त गर्दै पछ्याइरहेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै अध्यक्षमा उम्मेदवारी दिएका कांग्रेसका तुलसी प्रसाद ओलीले १ हजार २ सय ५० र माओवादीका भवानी प्रसाद दंगाल ६ सय ८४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा राप्रपाका लक्ष्मी देवी मैनालीले २ हजार ५ सय ७ मत ल्याउँदै अग्रता कायम गरेकी छिन् । मैनालीलाई एमालेकी शान्ता देवी गौतमले २ हजार ९६ मत प्राप्त गर्दै पछ्याइरहेकी छिन् । 

उपाध्यक्षमा नै माओवादीकी टिका देवी राउतले ९ सय २२ र  स्वतन्त्र लखन हेमरमले १ हजार ३ सय २ मत प्राप्त गरेका छन् ।