बिर्तामोड / झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४ मा १ हजार ३ सय मत गणना गर्दा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । 

गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले पाँच सय ४१ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले चार सय १९ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , एमालेका राजवंशीलाई पछ्याउँदै राप्रपाका अन्जरा आलमले चार सय ३१ मत प्राप्त गरेका छन् भने कांग्रेसका भट्टराईलाई पछ्याउँदै राप्रपाका उपाध्यक्ष निम्सरी राजवंशीले ३ सय ७४ मत प्राप्त गरेकी छन् । 

माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले ५२ र उपाध्यक्ष भागीरथी अधिकारीले ७७ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै ,  बडा नं ४ को वडाध्यक्ष पदमा कांग्रेसले ५ सय ३८ , माओवादीको १२६ र राप्रपाले ३ सय ७६ मत प्राप्त गरेको छ ।