बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेको अग्रता कायम रहेको छ । 

नगर प्रमुख पदमा एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाइँले सवैभन्दा धेरै २ हजार ३ सय ८४ मत प्राप्त गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

महतरालाई गठबन्धनका तर्फबाट काँग्रेसका भोजराज सिटौलाले १ हजार ९ सय ९५ प्राप्त गर्दै पछ्याएका छन् भने हलो चुनाव चिन्ह रहेको राप्रपाले ६ सय ३० मत प्राप्त गरेको छ । 

त्यस्तै , उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौला २ हजार ३ सय ६५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । 

गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सीपी कडरियाले भने १ हजार २ सय ६२ मत प्राप्त गरेका छन् ।

जारी मतगणनामा वडा नं १० को वडाध्यक्षमा कांग्रेसका दुर्योधन गुरुङले ६ सय ९ र एमालेका रिमानध्वज  तामाङले ४ सय ९३ मत प्राप्त गरेका छन् । 

त्यसै गरि , वडा नम्बर २ मा भने वडाध्यक्ष पदमा एमालेले ३ सय ३६ , काँग्रेसले ३ सय ८६ र राप्रपाले २ सय ५८ मत प्राप्त गरेको छ ।