बिर्तामोड / भद्रपुर नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार गणेश पोखरेलले अग्रता कायमै गरेका छन् । 

पोखरेलले ४ हजार २ सय ४ मत प्राप्त गरेका छन् भने पोखरेललाई पछ्याउँदै एमालेका असारु राजवंशीले ३ हजार ४ सय १७ मत प्राप्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

तेस्रो स्थानमा रहेका राप्रपाका नवराज पनेरुले २ हजार ७ सय ५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै , उपमेयरतर्फ पनि गठबन्धनका उम्मेदवार शिवकुमार राजभण्डारी ३ हजार ८ सय ५० मतसहित अगाडि रहेका छन् । 

राजभण्डारीलाई पछ्याउँदै एमालेकी कौशिल्या अधिकारीले ३ हजार १ सय १३ र राप्रपाकी राधा कार्कीले ३ हजार १ सय ३५ मत प्राप्त गरेकी छिन् ।

४ नम्बर वडा अध्यक्षमा ९ सय ५३ मत प्राप्त गर्दै गठबन्धन अगाडि रहेको छ ।