बिर्तामोड / झापाको बिर्तामोड-१० मा १ हजार २ सय ७४ मत गणना गर्दा नगरपालिकाको प्रमुख पदमा काँग्रेस अग्रस्थानमा रहेको छ । 

नगर प्रमुख पदमा गठबन्धनका तर्फबाट काँग्रेसका भोजराज सिटौला ५ सय ३४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । सिटौलालाई पछ्याउँदै एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईँले ४ सय ४८ मत प्राप्त गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौला ४ सय ३३ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । 

गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सीपी कडरियाले ४ सय २ मत प्राप्त गरेका छन् भने राप्रपाका धु्रव उप्रेतीले ७९ मत प्राप्तका छन् ।

जारी मतगणनामा वडा नं १० को वडाध्यक्षमा कांग्रेसका दुर्योधन गुरुंले ६ सय ९ , एमालेका रिमानध्वज तामांले ४ सय ९३ मत प्राप्त गरेका छन् ।